माैसमः चार प्रदेशका एक-दुई स्थानमाभारी वर्षाको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएकाे छ ।

महाशाखाका अनुसार अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने र बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराइका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भु-भागमा साधारणतया बदली रहि बाँकी भू-भागमा आँशीक बदली रहने छ ।

त्यस्तै मधेश प्रदेश लगायत कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानम भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

Facebook Comments