मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिराे, ३ दिनदेखि सवारी आवागमन ठप्प

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा ३६ घण्टादेखि सवारी आवागमन ठप्प छ । जसका कारण हजारौँ यात्रु तथा सवारी साधन अलपत्र मुग्लिन–नारायणगढ सडक खण्डमा राेकिएका छन् ।

लगातार सुख्खा पहिराे खसेका कारण सडक खण्ड सुचारू गर्न कठिनाई भएकाे जिल्ला प्रहासन कार्यालय चितवनले जनाएकाे छ ।

आज विहानैदेखि सवारी पहिराे हटाउन सुरू भएकाे छ । थप पहिराे नखसेमा बेलुकीसम्म सडक सञ्चालन हुने अपेक्षा गरिएकाे छ ।

सडक डिभिजन भरतपुरले सडक अझै अवरुद्ध नै रहेकोले  वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नु अनुरोध गरेको छ ।

नौबिसे–दामन–हेटौडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) हुँदै यात्रा गर्न आग्रह गरिएको हो । 

Facebook Comments