नागढुङ्गा मुग्लिङ सडक सूचारू, मुग्लिङ नारायणगढ खण्डकाे पहिराे हटाउन समय लाग्ने
धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा गएको पहिरो हटाइएको छ । बिहान ३ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।
पृथ्वी राजमार्ग सूचारू भएपनि नारायणगढ तर्फ भने सडक सूचारू हुन समय लाग्ने भएकाे छ । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने जनाएको छ ।
बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन थप समस्या भएकाे छ ।
आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेको छ ।
सडक सञ्चालन नहुन्जेलसम्म वैकल्पिक मार्गको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । लामो समयसम्म बाटो अवरुद्ध हुँदा दसैँमा घर हिँडेका यात्रु मारमा परेका छन् ।
Facebook Comments

