माैसमः हल्का देखि मध्य वर्षाकाे स्थापना
हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
जल तथा माैसम विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मुलुकका थाेरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ।
महाशाखाका अनुसार आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यस्तै कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
Facebook Comments

