संविधान संशाेधन याे सरकारकाे अधिकार क्षेत्रभित्र पर्दैनः कार्की
प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशाेधन याे सरकारकाे अधिकार क्षेत्रभित्र नपर्ने बताउनुभएकाे छ । विहीबार देशबासीका नाममा सम्बोधन गर्दै कार्कीले संविधान संशाेधन फागुन २१ मा हुने निर्वाचनपछिकाे नयाँ संसदले गर्ने बताउनुभएकाे हाे ।
उहाँले जेनजी पुस्ताको आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी तथा तोडफोड हुँदा देखिएको नगदसम्बन्धी छानबिन सुरू भइसकेको बताउनुभएकाे छ ।
नगदबारे सम्बद्ध निकायले छानबिन गरिसकेको कार्कीले उल्लेख गर्नुभयाे ।
‘प्रदर्शनका क्रममा व्यक्तिका निजि घर तोडफोड, आगजनी हुँदा स्वभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरू गरिसकेको छ,’ उहाँले भन्नुभयाे ।
आगजनी गर्दा देखिएको जलेका नोटबारे सम्पत्ती शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । विभागले नेताहरूको घरमा नोटका मुचुल्का समेत उठाएको थियो ।

