माैसमः शनिबार केही स्थानमा अति भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा अति भारी वर्षा हुने संभावना छ ।

महाशाखाले अति भारी वर्षाका कारण जनजीवन प्रभावित हुनेछ । बाढी पहिराे जान सक्ने भएकाले यात्रामा सावधानी अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

महाशाखाले जारी गरेकाे आगामी साताको मौसमी सारांश

  • हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ। साथै बंगालको खाडी र भारतको ओडिसा आसपास न्यून चापिय प्रणाली  रहेको र उत्तरपश्चिम तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापिय प्रणालीको कारणले साताको सुरू र मध्यमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । साताको अन्त्य तिर सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायूको पनि आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा धेरै स्थानहरू र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना, साताको सुरु र मध्यमा थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरी सहीत भारी र एक-दुई स्थानमा धेरै भारी/अति भारी वर्षाको पनि रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा साताको सुरु र अन्त्यमा थोरै स्थानहरूमा, मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
  • पहाडी भू-भागः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा धेरै स्थानहरू र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा सम्भावना। साताको सुरु र मध्यमा मेघ गर्जन/चट्याङ/हावाहुरी सहीत थोरै स्थानमा भारी र एक-दुई स्थानमा धेरै भारी/अति भारी बर्षाको पनि सम्भावना छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशमा साताको सुरु र अन्त्यमा थोरै स्थानहरू मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना तथा साताको सुरुमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावनारहेको छ ।
  • तराई भू-भागः मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा  साताको सुरु र मध्यमा धेरै स्थानहरू र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा सम्भावना। साताको सुरु र मध्यमा मेघ गर्जन/चट्याङ/हावाहुरी सहीत थोरै स्थानमा भारी र एक-दुई स्थानमा धेरै भारी/अति भारी बर्षाको पनि सम्भावना रहेको छ ।सुदूरपश्चिमप्रदेशमा साताको सुरु र अन्त्यमा थोरै स्थानहरू, मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना। साताको सुरुमा एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
  • यो साता देशभरको न्यूनतम तापक्रम र अधिकतम तापक्रम धट्ने सम्भावना रहेको छ । 
  • औसत सँग तुलना गर्दाः देशका पूर्वी भू-भागमा औसत भन्दा बढी र पश्चिमी भू-भागमा औसत भन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत आसपास वा औसत भन्दा कम रहने सम्भावना रहेको छ । 
Facebook Comments