इलाममा मात्रै ३७ जनाकाे मृत्यु, हजाराैं परिवार विस्थापित

लगातारकाे वर्षापछिकाे गएकाे पहिराेमा परेर इलाममा तीन दर्जन बढीकाे ज्यान गएकाे छ । इलामका साथै पाँचथर, रौतहट, उदयपुर, खोटाङ र काभ्रेमा गरी कम्तीमा ४७ जनाकाे मृत्यु भएकाे छ ।

बाढीपहिरोका कारण पाँच हजारभन्दा बढी परिवार विस्थापित भएका प्रहरीले जनाएकाे छ ।

लगातारकाे वर्षा र बाढी पहिराेका कारण लुम्बिनी, गण्डकी, कोशी, मधेश र बागमती प्रदेशमा ३ दिनसम्म जनजीवन प्रभावित बन्याे ।

पहिराेका कारण राजमार्गमा सडकमा क्षति पुग्दा दसैं मनाउन हिँडेका यात्रुहरूको आवतजावत प्रभावित बन्याे । जुन कतिपय जिल्लाहरूमा अहिले पनि कायमै छ ।

पहिरोमा परेर इलाममा मात्रै ३७ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते छन् ।

जिल्लाकाे माईजोगमाई गाउँपालिका र देउमाई नगरपालिकामा ८–८, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६, सूर्योदय नगरपालिकामा ५, माङसेबुङ गाउँपालिकामा ३ र फाकफोकथुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको हो ।

उद्दार र राहत वितरणका लागि सरकारी निकायहरू लागि परेका छन् ।

Facebook Comments