कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ ।

मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो एक बजे पुनः केन्द्रीय कार्यालयका सानेपामा बस्न लागेको हो । केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ ।

बैठकले केन्द्रीय समितिको एजेण्डा तय गर्नेछ । सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेसँगै आजको बैठक पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने भएको छ । 

जेनजी आन्दाेलनपछि नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशन जे भएपनि छिटाे गर्नुपर्ने माग उठिरहेकाे छ ।

Facebook Comments