एमालेको केन्द्रीय कमिटीकाे बैठक जारी
नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज बिहान आठ बजेदेखि सुरु भएकाे छ । ललितपुरकाे एक पार्टी प्लायेसमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ ।

केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा ३ मिटेटकाे समयसीमाभित्र धारणा राख्नेछन् । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रबन्ध गरिएको छ ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।
Facebook Comments

