तिहारः कागतिहार मनाइँदै

हिन्दु धर्मावलवम्बीहरूकाे दाेस्राे ठूलाे चाड तिहार सुरू भएकाे छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइँदैछ । आजकाे दिन बिहान यमराजको दूतका रूपमा कागलाई मिठा परिकार दिएर कागतिहार मनाउने गरिन्छ ।  

बिहान सूर्योदयकालमा त्रयोदशी परेको छ । त्यसैले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा लिने गरिन्छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मिठो खान दिई खुसी पारेमा यमराजसमक्ष राम्राे खबर पुग्ने धार्मिक विश्वास रहेकाे छ ।

Facebook Comments