एमालेकाे सचिवालय बैठकमा महाधिवेशनकाे तयारीबारे छलफल हुँदै
नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पाेखरामा ११ औं महाधिवेशन मंसिर २७ , २८, २९ गतेका लागि तय भएकाे महाधिवेशनकाे तयारी सम्बन्धमा बैठकमा छलफल हुन लागेकाे हाे ।
भक्तपुरको गुण्डुमा शनिबार बिहान ११ बजे सचिवालय बैठक बाेलाइएकाे छ ।
जसमा महाधिवेशन प्रतिनिधिको निर्वाचन क्षेत्र कति हुने, कति सदस्य बराबर कति प्रतिनिधित्व हुने र मूल व्यवस्थापनको विषयमा छलफल हुनेछ।
साथै जनपरिचालन र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । यसअघि प्रतिनिधिसभा पुनःस्थापनाकाे माग अगाडि सारेपनि एमालेले साेका लागि कुनै कार्यक्रम भने तय गरेकाे छैन ।
Facebook Comments

