नेकपा (एस) विवादः झलनाथ खनाल पक्षकाे छुट्टै भेला

नेकपा (एकीकृत समाजवादी)पार्टीभित्र चरम मतभेद देखिएकाे छ ।

शुक्रबार सम्पन्न केन्द्रीय समितिकाे बैठकले नेकपा (माओवादी केन्द्र) लगायत समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय गरेपछि साे पार्टीका सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरूले अलग्गै भेला बाेलाएका छन् । भेला दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा बस्ने तय भएको छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितको एउटा पंक्तिले पार्टी पुनर्गठन र सांगठानिक सुदृढीकरण गर्नुपर्ने तत्काल एकता गर्न नहुने पक्षमा मत राख्ने गरेकाे थियाे ।

‍भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेल सहित सय बढी केन्द्रीय उपस्थित हुने बताइएकाे छ ।

Facebook Comments