कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

१५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि महाधिवेशनबारे भने कुनै निष्कर्ष निस्केकाे छैन ।

बैठकमा महामन्त्रीद्वय र शेखर काेइराला पक्षले फागुन २१ काे निर्वाचन अगावै ढिलाेमा पुषभित्र महाधिवेशन गर्नुपर्ने अडान राखेकाे छ भने संस्थापन पक्षले भने फागुन २१ काे निर्वाचनपछि चैत बैशाखतिर महाधिवेशन गर्न उपयुक्त हुने बताएकाे छ ।

महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्ने प्रस्ताव समेत अगाडि सारिएकाे छ ।

आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेतावीच छलफल हुनेछ ।

Facebook Comments