अमेरिकामा कार्गो जहाज दुर्घटना, ४ जनाकाे मृत्यु
अमेरिकामा कार्गो जहाज दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाकाे मृत्यु भएकाे छ ।
अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा मंगलबार स्थानीय समयअनुसार साँझ ५:१५ बजे युएसपीएसको फ्लाइट २९७६ कार्गो विमान दुर्घटना भएको हो ।
दुर्घटनामा चालक दलका तीन सदस्यसहित चार जनाको मृत्यु भएको ११ जना घाइते भएकाे समाचार संस्था रोयटर्सले जनाएको छ।

जहाज लुइसभिल मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईनाको होनोलुलुका लागि उडेको जहाज उडेको केही बेरमै त्यसको पंखामा आगो लागेर दुर्घटनाग्रस्त भएकाे हाे ।
पंखामा आगो लागेको केही क्षणमै जहाज विस्फोट औद्योगिक भवनहरू रहेको ठाउँमा खसेको थियो । त्यहाँ रहेका संरचनाहरूमा पनि आगो लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
Facebook Comments

