एमालेले जनसभा गर्दै

नेकपा एमालेले आज देशैभरि जनसभा गर्दैछ । भाद्र २३ र २४ गते भएकाे जेनजी युवाहरूकाे आन्दाेलनका कारण सत्ताबाट बाहिर पुगेकाे एमाले नेतृत्वले साे आन्दाेलन देशी विदेशी षडयन्त्र भएकाे बताउने गरकेा छ ।

साे पार्टीले प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत भन्दै आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो । 

एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा गत २२ गते देशैभरि वडा भेला भएको छ ।

२५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरू जनसभा हुँदैछन् । जनपरिचालनको समापन मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिनुभयाे । 

केन्द्रीय तहका नेताहरूले विभिन्न जिल्लामा हुने सभाहरूमा सम्बाेधन गर्ने तयारी छ ।

Facebook Comments