कांग्रेसमा महाधिवेशन कहिले भन्नेबारेमा विवाद कायमै
महाधिवेशन फागुन २१ काे चुनावअघि वा पछि कहिल गर्ने भन्नेबारेमा भाेटिङ हुने संभावना
नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्ष पछिल्लाे राजनीतिक घटनाक्रमबारेकाे विश्लेषणमा फरक धारभा उभिएका छन् ।
संस्थापनपक्षका कतिपय नेताहरू प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने पक्षमा रहेका छन् भने फागुन २१ काे निर्वाचनभन्दा अगाडि कुनै पनि हालतमा महाधिवेशन गर्न नहुने अडान समेत उनीहरूकाे छ ।
संस्थापन पक्ष र महामन्त्रीद्वय लगायत इतरपक्षवीच सहमतिका लागि भएका महिनाैदेखिकाे प्रयास निरर्थक बनिरहेकाे छ ।
पार्टी सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि झन सहमतिकाे प्रयास विग्रेकाे कतिपयकाे बुझाइ छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति जुटाउन शनिबार ललितपुरको कुपन्डोलस्थित एक होटलमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेपनि निष्कर्ष निस्कन सकेन ।
संस्थापनका नेताहरूले शनिबार नै नयाँबानेश्वरमा बैठक बसेर चुनाव अघि महाधिशवेन गर्न नसकिने निष्कर्ष निकालेकाे छ ।
यसकाे अर्थ संस्थापन पक्षका नेताहरू चुनावअघि नियमित वा विशेष कुनै पनि महाधिवेशन नगर्ने पक्षमा रहेका हुन् ।
यद्यपि चुनावअघि महाधिवेशन माग गर्ने देउवा पक्षका २४ जना केन्द्रीय सदस्य नै उभिएका छन् । कांग्रेसकाे लामाे समयदेखि जारी बैठकमा महाधिबेशनकै बारेमा छलफल केन्द्रित हुने गरेकाे छ ।

