माैसमः चार प्रदेशका हिमाली भू-भागमा आंशिक बदली
हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।
महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ ।
महाशाखाले आज राती कोशी प्रदेश र बागमती प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
मुलुकभर चिसाे भने बढेकाे छ । जिरी, जाेमसाेम, मनाङ तथा हिमाली भूभागमा तापक्रम माइनस सम्म झर्न थालेकाे छ । काठमाडाैंमा साेमबारकाे तापक्रम न्यूनत्तम ५ डिग्री सेल्सियस तथा अधिकत्तम २० डिग्री सेल्सियस सम्म रहने अनुमान छ ।
Facebook Comments

