एमाले महाधिवेशनः नेतृत्वमा ओलीकै प्यानलकाे वर्चस्व
नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएकाे छ । त्यस्तै महासचिवमा शंकर पाेखरेल निर्वाचित हुनुभएकाे छ ।

महाधिवेशन अन्तर्गत मतदानपछि निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि ओलीले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभयाे ।

महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको प्यानलले पदाधिकारी तथा केन्द्रीय सदस्यमा वर्चस्व कायम गरेकाे छ ।
ईश्वर पाेखरेलकाे प्यानलबाट पदाधिकारीमा उपाध्यक्ष पदमा गाेकर्णराज विष्ट र उपमहासचिवमा याेगेश भट्टराई निर्वाचित हुनुभएकाे छ ।
Facebook Comments

