जेनजी आन्दाेलनबारे बयानका लागि लेखकलाई पत्र
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ ।

काठमाडाैं बाहिर जान नपाउने गरी स्थानहद ताेकेकाे आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि बाेलाउन लागेकाे हाे ।
लेखकले पत्र पाएपछि बयानमा जाने नजानेबारे निर्णय गर्ने प्रतिक्रिया दिनुभएकाे छ ।
आयोगले लेखकलाई शुक्रबारका लागि बोलाएकाे छ भने यसअघि आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको छ।
यस्तै अन्तिममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरिरहेको छ । तर ओलीले आयोग अध्यक्षकाे निष्पक्षतामा प्रश्न गर्दै बयान नदिने अभिव्यक्ति दिंदै आउनुभएकाे छ ।
साथै उहाँले वर्तमान सरकार असंवैधानिक रहेकाे आयोगले गर्ने काम निष्पक्ष नहुने जिकीर गर्नुभएकाे छ । आयोगले भने ओलीलाई पनि पत्र नै काटेर बयानमा बोलाउने तयारी गरेकाे छ।

