माैसमः तराईका अधिकांश स्थानहरूमा कुहिरो, उच्च हिमालका केहि स्थानमा हल्का हिमपातकाे संभावना

देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागका साथै बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ भने कोशी प्रदेशका पहाडी तथा हिमाली साथै गण्डकी प्रदेश र कर्णाली प्रदेश  भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले कोशी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

Facebook Comments