महामन्त्रीद्वय गगन र विश्वले कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशन गर्ने
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्नुभएकाे छ ।
पार्टी संस्थापन पक्षकाे विमतिकै वीचमा बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीहरूले विधानको धारा १७ को २ अनुसार ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी रहेको भन्दै विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

‘विशेष महाधिवेशन, बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो’ विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आह्वान गरिएकाे हाे ।
विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। महामन्त्रीद्वयकाे विज्ञप्तिमा विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिएकाे छ । नियमित महाधिवेशन कार्यतालिका आइसकेकोले विशेष महाधिवेशनको औचित्य नरहेको
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए ।
संस्थापन पक्षले भने विशेष महाधिवेशनकाे औचित्य सकिएकाे बताउने गरेकाे छ ।
पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिमा बहुमतले नियमित महाधिवेशन गर्ने निर्णय गरेकाे थियाे ।
तर विधानको धारा १७ को २ अनुसार ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी रहेको भन्दै महामन्त्रीद्वयले आज विशेष महाधिवेशन आह्वान गरेका हुन्।
संस्थापन पक्षमले विज्ञप्ति निकालेर कुनै व्यक्तिले आयोजना गर्दैमा विशेष महाधिवेशन आयोजना नहुने र त्यसका लागि केन्द्रीय समितिले आयोजना गर्नुपर्ने उल्लेख गरेको थियो।
यसैवीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसको पहिलो बिशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सहि मार्गमा सहि ढंगले अघि बढ्न दुरदृष्टी र दृढ इच्छाशक्ति दिएको स्मरण गर्नुभएकाे छ । त्यस्तै उहाँले दोस्रो बिशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बिचमा हुन गइरहेको बताउनुभएकाे छ ।
यो संवेदनशील र ऎतिहासिक घडिमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुपर्ने उहाँकाे भनाइ छ l

