माैसमः कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुकाे आंशिक प्रभाव रहेकाे छ ।

महाशाखाले तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्ने जनाएकाे छ ।

त्यस्तै कोशी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेकाे छ । त्यसैगरी कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

आइतबार राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएकाे छ । त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments