माैसमः पश्चिमी वायुको आंशिक प्रभाव, उच्च भूभागका केही स्थानमा हिमपात एवं हल्का वर्षा हुने संभावना
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्ने जनाएकाे छ ।
त्यस्तै देशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने उल्लेख छ।
महाशाखाले देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जनाएकाे छ । त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।

