प्रसाईं पुनः प्रहरी नियन्त्रणमा

प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेकाे छ ।

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रसाईंलाई परिसरमा राखिएकाे छ ।

यसअघि पनि प्रहरीले प्रसाईंलाई २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेपनि २५ माघमा हाजिरी जमानीमा छाडेकाे थियाे ।

राप्रपाले भने प्रसाईंलाई पटक पटक प्रक्राउ गरेर सरकारले दुःख दिएकाे भन्दै विराेध गरेकाे छ ।

Facebook Comments