नागरिक नै ठूलाे प्रतिपक्षः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिक नै ठूलाे प्रतिपक्षका रूपमा रहने बताउनुभएकाे छ ।
चितवन क्षेत्र नं. २ बाट विजयी भएपछि पत्रकारले साेधेकाे प्रश्नकाे जवाफमा लामिछानेले प्रतिपक्षकाे रूपमा राजनीतिक दलहरू संसदमा रहने भएपनि नागरिक समाज, मिडिया र मतदाता नै ठूलाे प्रतिपक्ष हुने बताउनुभएकाे हाे ।

‘मतदाताहरूले मत दिएर रास्वपामाथि विश्वास र आशा राखेका छन् अव उहाँहरूले मतकाे प्रतिफल खाेज्नुहुनेछ’ लामिछानेले भन्नुभयाे, ‘नागरिकका अपेक्षाहरूका बारेमा रास्वपा जानकार रहेकाले साेही अनुसार काम गर्नेछ ।’
Facebook Comments

