माैसमः सातै प्रदेशका केही स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपातकाे संभावना

सातै प्रदेशका केही स्थानमा वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशकाे हिमाली क्षेत्रका केही एक-दुई स्थानमा हिमपातकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाले २०८२ फागुन ३० गते शनिबार दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली  भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ । 

शनिबार राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने तथा देशको हिमाली भू-भागका  थोरै स्थानहरूमा तथा पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

Facebook Comments