माैसमः पश्चिमी र स्थानीय वायूकाे आंशिक प्रभाव
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेश लगयात कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ । त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बुधबार राती कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने, बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षा हुनेछ । महाशाखाले कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको उल्लेख गरेकाे छ।

