माैसमः पश्चिमका केही स्थानमा असिना, मध्य वर्षा र हिमपातकाे संभावना
जल तथा माैसम विज्ञान विभागले विहीबार दिउँसाे कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत सुदुरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ।
विहीबार राती लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू-भागमा आंशिक बादल रहने महाशाखाले जनाएकाे छ ।
महशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ।

