रास्वपाले संसदीय दलको नेता छनोट गर्ने

आगामी सरकार गठन, संसदीय दलकाे नेता लगायतका एजेण्डामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ ।  रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डाबारे छलफल हुनेछ ।

आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको हो । 

गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग भएको ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो ।

Facebook Comments