दाेस्राेपटक आर्थिक गणना गरिंदै
राष्ट्रिय तथ्याङ्क कार्यालयले आजदेखि देशभर दोस्रो आर्थिक गणना गर्दैछ । तथ्याङ्क कार्यालयका अनुसार आर्थिक गणनाका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् ।

पाँच हजार जनशक्ति परिचालन गरी असार मसान्तसम्ममा तथ्याङ्क सङ्कलनको काम सक्ने कार्यतालिका तय गरिएकाे छ।
गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले देशकाे आर्थिक सूचकहरूकाे पहिचानका लागि तथ्याङ्क संकलन महत्वपूर्ण हुने भएकाले सक्रिय सहभागिताका लागि सराेकारवाला समक्ष अनुराेध गर्नुभएकाे छ ।
Facebook Comments

