सरकारी कर्मचारीकाे तलब अर्धमासिक रुपमा भुक्तानी गरिने

अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरुको तलब भुक्तानी प्रणालीलाई अर्धमासिक बनाउने निर्णय गरेकाे छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारी कर्मचारीहरूकाे तलबभत्ता भुक्तानी मासिकबाट अर्धमासिक रूपमा भुक्तानी गर्ने गरी रूपान्तरण गर्ने औपचारिक निर्णय गर्नुभएकाे हाे ।

यो निर्णय कार्यान्वयनमा आएपछि सबै राष्ट्रसेवक कर्मचारीहरूले हरेक १५ दिनमा एकपटक गरी महिनामा दुई किस्तामा तलब तथा भत्ता प्राप्त गर्नेछन् ।

हालसम्म नेपालमा मासिक रुपमा तलबभत्ता वितरणको व्यवस्था छ । हरेक महिनाको अन्तिम सातामै सम्बन्धित कर्मचारीको बैंक खातामा तलबभत्ता पठाउने गरिन्छ ।

यो परम्परागत भुक्तानी प्रणालीको सट्टा अब कर्मचारीहरूले आफ्नो कुल आम्दानीको ५० प्रतिशत रकम प्रत्येक १५ दिनमा प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको हाे ।

अर्थ मन्त्रालयले महालेखा परीक्षककाे कार्याललाइ अर्धमासिक रूपमा तलब भुक्तानीकाे ब्यवस्था मिलाउन पत्राचार गरिसकेकाे छ ।

Facebook Comments