शेखर गोल्छालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
काठमाडाैँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई चार दिन थुनामा राख्नका लागि अनुमति दिएको छ।
उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई बिहीबार नक्सालबाट बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकाे थियाे।

उहाँलाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएकाे हाे । गाेल्छामाथि सम्पत्ति शुद्धीकरणकाे अनुसन्धान पनि भइरहेकाे छ ।
Facebook Comments

