प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्ने भएको छ । विहीबारको बैठकका लागि ४ वटा संभावित कार्यसूची निर्धारण गरिएकाे छ ।

बिहान ११ बजे बस्ने बैठकमा सम्माननीय प्रधानमन्त्रीका तर्फबाट विभिन्न ३ वटा विधेयक विचार गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित गर्न प्रस्ताव पेश गर्नुहुनेछ ।

Facebook Comments