बकर इद मनाइँदै
मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।
मुस्लिम धर्मावलम्वीहरूले शुभकामना आदान प्रदान गरी इद हर्षाेल्लासका साथ मनाइरहेका छन् ।

प्रधानमन्त्री कार्यलयले नेपाल सरकारकाे तर्फबाट सामाजिक सञ्जाल मार्फत् इदकाे शुभकामना व्यक्त गरेकाे छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्यालयले राखेकाे शुभकामना सन्देश
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल-अजहा(बकर ईद) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा नेपाल सरकारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

यो पावन पर्वले हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावनालाई अझ मजबुत बनाउने विश्वास लिएका छौँ। ईद मुबारक!”


