नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्व उपप्रधानमन्त्री रायमाझी दाेषी ठहर, पूर्वगृहमन्त्री खाँड मतियार
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे र डा. ईन्द्रजित राईलाई मुख्य कसूरदार ठहर गरेको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ५ जनालाई सङ्गठित ठगीको मतियार ठहर गरिएको छ भने रायमाझीसहित ९ जनाले राज्यविरुद्धको कसूर गरेको अदालतले निष्कर्ष निकालेको छ। प्रमाण अभावमा ६ जनाले सफाइ पाएका छन्। दोषी ठहर भएकाहरूको सजाय आगामी असार २९ गते निर्धारण गरिने अदालतले जनाएको छ।
यसैगरी, केशव प्रसाद दुलाल, सानु भण्डारी र सन्देश शर्मालाई योजनाकारका रूपमा दोषी ठहर गरिएको छ। प्रमाणको अभावमा सन्दीप रायमाझी, प्रतीक थापासहित ६ जनाले सफाइ पाएका छन्। दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण आगामी असार २९ गते हुने अदालतले जनाएको छ।
Facebook Comments

