यी राजमार्गमा सवारी अवरूद्ध
वर्षासँगै बाढी पहिराेका कारण विभिन्न राजमार्गहरूमा यातायात सेवा अवरूद्ध बनेकाे छ । इलाममा मेची राजमार्ग, खाेटाङमा मध्यपहाडी लाेकमार्ग, काभ्रेमा विपी राजमार्ग, मकवानपुमा कान्तिलाेकपथ, सिन्धुपाल्चाेकमा अरनिकाे राजमार्ग, दाेलखामा लामासाँघु रामेछाप राजमार्ग अवरूद्ध रहेकाे प्रहरीले जनाएकाे छ । यी राजमार्गमा पूर्ण रूपमा यातायात सेवा अवरूद्ध बनेकाे हाे ।
त्यस्तै वागलुङ, लमजुङ, म्याग्दी, रूकुम पश्चिम र डढेल्धुरामा पनि विभिन्न राजमार्गहरूमा पनि पहिराेका कारण यातायात सेवा अवरूद्ध बनेकाे छ ।

Facebook Comments

