सरकारविरुद्ध संसद र सडकमा आन्दोलन गर्ने काँग्रेसको निर्णय
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने भएको छ । नेपाली काँग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले एकपछि अर्को जनविरोधि काम गरिरहेको निश्कर्ष निकाल्दै त्यसविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने निर्णय गरेको हो ।
आज संघीय संसदको हिउँदे अधिवेशन सुरु केहीबेर अघि सम्पन्न संसदीय दलको बैठकले जन सरोकारको विषयलाई लिएर सरकारविरुद्ध सडक आन्दोलनलाई समेत बल पु¥याउने गरी संघीय संसदमा कुरो उठाउने निर्णय गरेको हो ।
सरकारले जनविरोधी काम गरिरहेकाले त्यसविरुद्ध सडक आन्दोलनलाई समेत बल पु¥याउने गरी सदनमा कुरा उठाउने निर्णय गरिएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
बैठकले सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’ संसद छलेर ल्याएकोमा पनि आपत्ति जनाएको छ । त्यसैगरी निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको, जनतालाई करको मारमा पार्ने काम सरकारले गरिरहेको कांग्रेसको आरोप छ ।

