देशका विभिन्न ८ जिल्लाका सडकहरूमा यातायात सेवा प्रभावित
देशका विभिन्न राजमार्गका विभिन्न जिल्लामा पर्ने सडकखण्डहरूमा अविरल वर्षा, बाढी एवं पहिराेका कारण सवारी आवागमन आंशिक तथा पूर्ण रूपमा प्रभावित बनेकाे छ ।
विपी राजमार्गकाे काभ्रेमा खुर्काेट नेपालथाेक कटुन्जेवेंसी सडक खण्डमा, रसुवाकाे उत्तरगया गाउँपालिकाकाे स्याफ्रुवेसी मैलुङ सडकखण्ड, धादिङमा पृथ्बी राजमार्गमा सवारी आवागमन प्रभावित भएकाे प्रहरीले जनाएकाे छ ।
मुगुमा पहिराेका कारण मुगु गमगडी सडकखण्ड, राेल्पामा परिवर्तन गाउँपालिकामा सहिद मार्ग तथा अर्घाखाँचीमा सालझण्डी ढाेरपाटन सडक खण्डमा पनि सवारी आवागमन प्रभावित बनेकाे प्रहरीले जनाएकाे छ । जाेखिमका कारण कतिपय राजमार्गहरूमा रातकाे समयमा सवारी सन्चालनमा राेक लगाइएकाे छ ।


Facebook Comments

