पाँच जिल्लाका राजमार्गमा सवारी अवरूद्ध

हुम्ला, मनाङ, रसुवा, नुवाकाेट र काभ्रे जिल्लाका विभिन्न राजमार्गका सडक खण्डहरूमा सवारी आवागमन ठप्प रहेकाे छ । रसुवा र नुवाकाेटमा गत भाद्र १० गतेकाे भाेटेकाेशी बाढीका कारण सडक खण्डमा क्षति पुगेकाले अवरूद्ध हुन पुगेकाे हाे ।

मनाङ जिल्लामा पर्ने नाेसाे गाउँपालिका ३, खाेत्राेमा पहिराे गएका कारण चामे बेसीशहर सडक अवरूद्ध हुन पुगेकाे हाे । त्यस्तै हुम्लामा सर्केगाड गाउँपालिका ६ खरिखेत भन्ने स्थानमा पहिराे गएकाले कर्णाली करिडाेर पूर्ण रूपमा अवरूद्ध बनेकाे छ ।

नेपाल प्रहरीका अनुसार विपी राजमार्गकाे खुर्काेट नेपालथाेक खण्ड, नुवाकाेटकाे शिवपुरी गा.पा घट्टेखाेलमा संभावित जाेखिम रहेकाले टाेखा छहरे सडक खण्डमा रातकाे समयमा सवारी सञ्चालनमा राेक लगाइएकाे छ ।

Facebook Comments