संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ।

बैठकमा ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ र ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहकाे संघीय संसद सचिवालयले जनाएकाे छ ।

त्यस्तै राष्ट्रियसभाकाे बैठकमा लोक सेवा आयोगको प्रतिवेदन पेस हुनेछ । अपराह्न १:१५ बजे बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनुहुने कार्यसूची छ।

यसैगरी, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुनेछ ।

यसैगरी, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

Facebook Comments