एनपीएल : मंगलबार दुई खेल हुँदै, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

पहिलो खेल बिहान १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्। उक्त खेल अपराह्न ५ बजे सुरु हुनेछ।

सोमबार भएका खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स विजयी भएका थिए। काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा सुदूरपश्चिमले चितवन राइनोजमाथि ५ विकेटको जित निकालेको थियो।

Facebook Comments