एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी र जनकपुर पहिलो भिडन्तमा
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बिहीबार दुई रोमाञ्चक खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा शीर्ष स्थानको लुम्बिनी लाइन्सले चौथो स्थानको जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ। लुम्बिनीले तीन खेलमध्ये दुईमा जित र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ। जनकपुरले भने चार खेलमा दुई जित र दुई हार बेहोरेको छ।
त्यस्तै, दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज आमनेसामने हुनेछन्। अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलमा दुई जित र दुई हार निकालेको छ भने सातौँ स्थानको काठमान्डुले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ।
आजका दुवै खेलले अंक तालिकाको समीकरणमा थप रोचकता ल्याउने अपेक्षा गरिएको छ ।
Facebook Comments

