पोखरा सडक महोत्सव : माननीय ओली पहिलो पटक स्टेजमा

कलाकार कोमल ओली राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि पहिलो पटक साँगीतिक प्रस्तुतिका लागि स्टेजमा देखा पर्नुभएको छ । थुप्रै लोक गीत र तीजका गीतको रचना र गायन गर्नुभएकी ओली पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान)पोखराले आयोजना गरेको पोखरा सडक महोत्सवमा सहभागी हुनुभएको हो ।

ओलीले बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा भन्ने गीतबाट आफ्नो प्रस्तुति शुरु गर्नुभएको थियो । कलाकार प्रजापति पराजुली, आनन्द कार्कीले ओलीलाई स्टेजमा साथ दिनुभएको थियो । ओलीको तुलसीपुरमा म जाँदा खेरी भेट भयो गज्जवको तन्नेरी भन्ने गीत चर्चित रहको छ ।

महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्मको साढे तीन किलोमिटर क्षेत्रमा रहेको छ । ‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउने उद्देश्य सहित आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने रहेको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धनमा महोत्सवले सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

सडकमै खानाका परिकारहरु, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम, विभिन्न खेलकुद, हस्तकला प्रदर्शनी, कृषिजन्य उत्पादन, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, वाल उद्यान लगायतका आकर्षण महोत्सवमा रहेका छन् ।

ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन, सडकमा मिनि स्टेजका रुपमा ट्रक राखेर लाइभ कन्सर्टर साँझमा लाइभ कन्सर्ट हुने रेवान पोखराका महासचिव गणेशबहादुर थापाले जानकारी दिनुभयो । महोत्सव पौष १७ गतेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments