पोखरामा यस बर्षकै चिसो, न्युनत्तम तापक्रम ४.५ डिग्री सेल्सियस

पोखरामा शनिबार यस बर्षकै सबैभन्दा धेरै चिसो महसुस भएको छ । क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार शनिबारको न्युनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । जल तथा मौषम विज्ञान विभागले न्यूनत्तम ३ देखि ५ डिग्रीसम्म झर्ने अनुमान गरेको थियो ।

शुक्रबारको न्युनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । देशभर चिसो बढेसँगै पोखरामा पनि चिसो बढ्न थालेको छ ।

शनिबारको न्युनतम तापक्रम पोखराको यो वर्ष कै हालसम्म सबै भन्दा कम तापक्रम हो । पोखरामा सन् २०१२ मा अहिले सम्मकै कम शुन्य दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो भने सन् १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

यस्तै कास्कीको छिमेकी जिल्ला मनाङमा शनिबार बिहानको तापक्रम माईनस २० डिग्री सेल्सियसमा झरेको मौसम बिभागले जनाएको छ । चिसोबाट वच्न चिकित्सकहरुले न्यानो लुगा लगाउन , तातो भएर बस्न,र तातो झोल पदार्थ पिउने सुझाव दिएका छन् ।

चिसोको कारण बालबालिका , बृद्धबृद्धा बढी प्रभावित हुन सक्ने छन् । दिनमा घाम लागेर कम चिसो भए पनि विहान, बेलुका र राती भने चिसोले जनजिवन प्रभावित बन्न थालेको छ ।

Facebook Comments