आइतबार हल्का बर्षाका साथै हिमपात हुने अनुमान
आइतबार पश्चिमी भुभागमा सामान्य देखि पूर्णतया वदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदलि रहने जल तथा मौषम पुर्वानुमान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी भुभागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।
विभागले पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना समेत औल्याएको छ ।
त्यस्तै रातको समयमा मुलुकका धेरै स्थानमा हल्का बर्षा र हिमपात हुन सक्ने संभावना रहेको पनि विभागले जनाएको छ । पुस २१ देखि २३ सम्मको मौषम पुर्वानुमान बुलेटिन सार्वजनिक गर्दै विभागले यस्तो जानकारी दिएको हो । बुलेटिनमा सोमबार पनि पहाडी र उच्च पहाडी भुभागमा हल्का बर्ष र हिमपात हुन सक्ने जनाइएको छ ।
Facebook Comments

