विन्ध्यवासिनी माविको रक्तदानमा ५३ युनिट रगत संकलन

पोखरा–१६ बाटुलेचौरको विन्ध्यवासिनी मा.विले आयोजना गरेको रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ । विद्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता विद्यालयका सुचना अधिकारी एवं शिक्षक राम ब.बाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने यूवाको संख्या उल्लेख्य रहेको कार्यक्रम संयोजक खेमराज पौडेलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सभापति पाण्डेले रगतको समस्या न्युनिकरण गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रम संयोजक खेमराज पौडेल,शिक्षक ताराकुमारी अधिकारी लगायतले रक्तदानलाई विद्यालयको वार्षिक कार्यक्रम बनाउनुपर्ने बताएका छन् । विद्यालयले आजैबाट विविध खेलकुद कार्यक्रम पनि शुरु गरेको छ । त्यस्तै वार्षिकोत्सवकै अवसरमा २५ गते शैक्षिक पुरस्कार वितरण र पुस २७ गते मूल समारोहको आयोजना गरिने प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

मूल समारोहमा विद्यालयको मुखपत्र विन्ध्यबासिनी दर्पण अकं– २ को विमोचन, भू.पु विद्यार्थी एवं युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा,गण्डकी प्रदेशका सासंद कुमार खड्का, प्रभा कोईराला, पुष्पा के.सी भण्डारीको सम्मान, विभिन्न पुरस्कार तथा छात्रवृति वितरण,एस.इ.इ विद्यार्थी एवं वर्षका उत्कृष्ट विद्यार्थी सम्मानका साथमा विविध साँस्कृतिक कार्यक्रम र साँझ दीपावली गरिने छ । देशकै जेठो मध्यको एक विन्ध्यवासिनी मा.वि, कास्कीको उत्कृष्ट विद्यालयको रुपमा समेत रहेको छ ।

Facebook Comments