रुपा गाउँपालिकामा लागुपदार्थ दुर्व्यसनीविरुद्ध किट्स अभियान शुरु
कास्कीको रुपा गाउँपालिका लागु पदार्थ दुर्व्यसनीविरुद्धको विद्यालयस्तरिय सचेतना अभियानमा अघि बढेको छ । गाउँपालिकाभित्रको युवा तथा विद्यार्थीहरुलाई लक्षित गरेर उनीहरुलाई लागु पदार्थ दुब्र्यशनीबाट बचाउन किट्स प्रयोग गरिएको उक्त गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।

रुपा गाउँपालिकाभित्र १० वटा माविस्तरिय विद्यालय रहेको र ति सबै विद्यालयका स्याम्पलका रुपमा परीक्षण गरिएको थियो । स्याम्पल लिइएको विद्यालयहरुमध्ये कुनैमा शून्य रिपोर्ट आएको र कुनैमा स्याम्पलका रुपमा आएको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
१० वटा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ३ सय ५२ जना छात्र विद्यार्थीहरुको ¥यापिड परीक्षणका लागि स्याम्पल लिइएकोमा २४ जनाको स्याम्पल रिपोर्टमा पोजिटिभ देखिएको रुपमा गाउँपालिका स्वास्थ्य संयोजक आनन्दलाल जोशीले जानकारी दिनुभयो ।

कास्की जिल्ला प्रहरी कार्यलयले गाउँपालिकालाई किट्स उपलब्ध गराएको हो । जिल्ला प्रहरी कार्यलयले शुरुमा गाउँपालिकालाई ३ सय किट्स उपलब्ध गराएको थियो । टेष्ट क्यासेट युरिन (टीएचसी) यन्त्र युरोपबाट झिकाइएको प्रहरीले जनाएको छ ।
मेरिजुआना टीएचसी–५० नामको उक्त यन्त्रमार्फत व्यक्तिको मुत्र परीक्षण गरेर व्यक्ति लागु पदार्थ दुब्र्यशनी हो कि होइन भन्ने रिपोर्ट दिन्छ । उक्त यन्त्र एक पटक प्रयोग गरिसकेपछि पुनः प्रयोगमा नआउने स्वास्थ्य संयोजक जोशीले जानकारी दिनुभयो ।

