जग्गा कित्ताकाट खुला : भुमी व्यवस्था मन्त्री अर्याल
सरकारले डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट हिजोबाट खुला गरेको हो । भुमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गाको कित्ताकाट खुला गरिएको पत्रकार सम्मेलन मार्फत् जानकारी दिनुभएको हो ।
यद्यपि कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने जनाइएको छ । स्थानीय तहको नापी, मालपोत लगाएतका सरोकारवाला निकायले खेति योग्य जमिनको निर्धारण गर्न मन्त्री अर्यालले जानकारी दिनुभयो ।
जग्गा व्यवसायिहरुले यसअघि नै स्विकृति लिएका जग्गाहरको लागि पनि कित्ताकाट खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो । अब स्विकृति लिनको लागि भने प्राविधिक टोलीको गठन गरिएको छ । मन्त्री अर्यालले मापदण्ड विपरित कित्ताकाट गर्नेलाई भने कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
Facebook Comments

