स्याङ्गजाको क्याक्मीस्थित पिताम्वर माबिमा प्राबिधिक शिक्षाको लागि महायज्ञ गरिने
बिद्यालयमा प्राबिधिक शिक्षा दिने उद्देश्यले स्याङ्गजाको क्याक्मीमा रहेको पिताम्वर माबिले महायज्ञ आयोजना गर्ने भएको छ । गाऊमै बिद्यार्थीहरुलाई प्राबिधिक शिक्षा दिने, बसाईसराई रोक्ने र रोजगारीको लागि सहयोग पुर्याउने उद्देश्यसहित महायज्ञ गर्न लागिएको पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बिद्यालयका प्रधानध्यापक शालिकराम लम्सालले प्राबिधिक शिक्षाको ब्यबस्था नहँुदा गाऊमा युवाहरु अट्न नसक्ने र फलस्वरुप बसाईसराई बढ्दै जाने भएकाले आर्थिक स्रोतको ब्यबस्थापन गरि प्राबिधिक शिक्षा दिन आबश्यक रहेको बताउनुभयो ।
महायज्ञ बाट करिव ६ करोड आर्थिक सहयोग संकलन हुने आयोजकले लक्ष लिएको छ । २००९ सालमा स्थापना भएको स्याङ्गजाको हरिनास ६ मा पर्ने पिताम्वर माबिमा हाल करिव ५ सय बिद्यार्थी अध्ययनरत छन ।
महायज्ञबाट उठेको रकमबाट प्राबिधिक शिक्षालय संगै ई–लाईब्रेरी, आईसिटि कक्ष, बिज्ञान प्रयोगशाला, आबासिय सुबिधा सहितको छात्रबास, आधुनिक शौचालय र्निमाण लगायतको योजना रहेको आयोजकले जानकारी दिएको छ ।
माघ १० गते देखि सात दिन सम्म आयोजना हुने महायज्ञमा सहभागि हुन बिद्यालयले सबैलाई अनुरोध गरेको छ । महायज्ञमा दिग्दर्शन बाचक शिरोमणी पण्डित दिपक सापकोटाको संगितमय कथा बाचन तथा प्रबचन रहनेछ भने सहबाचकमा प्रकाश तिवारी रहने बताइएको छ । महायज्ञ सहयोग गर्ने क्रम पनि सुरु भैसकेको छ ।

