प्राविधिक शिक्षा आजको आवश्यकता : सामाजिक बिकासमन्त्री पुन
गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । साथै उहाँले शिक्षामा सवैको पहुँच हुनुपर्ने बताउनुभएको छ ।
स्याङजा जिल्लाको विरुवा गाउँपालिका वडा नम्बर २ मोचाबारी स्थित जामुनेडाँडा माध्यामिक विद्यालयमा आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पुनले यस्तो बताउनुभएको हो । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्नेतर्फ अग्रसर भएकोमा आभार प्रकट गर्दै उहाँले महायज्ञ गर्नु आफैमा महत्वपूर्ण हुने बताउनुभयो ।
समान शिक्षा आजको आवश्यकता भएपनि त्यसो हुन नसकेको मन्त्री पुनको भनाई थियो । गण्डकी प्रदेश सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिने भन्दै मन्त्री पुनले स्थानीय रुपमा विद्यालयले गर्ने यस्ता कार्यक्रमले सरकारको कदमलाई नै सहयोग पुग्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले सामुदायिक बिद्यालयको स्तरोन्नति गर्नका लागी सहयोग गर्ने वताउदै मन्त्री पुनले जनताको छोराछोरीलाई प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएके उल्लेख गर्नुभयो । सो अवसरमा वोल्दै संविधान सभा सदस्य टेकु नेपालीले विद्यालयले चालेको हरेक कदमलाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै विरुवा गाउपालिकाका सदस्य तिलकुमारी रोकाले जामुनेडाँडा माध्यामिक विद्यालयमा निकट भविष्यमा सञ्चालन हुने प्राविधिक शिक्षा (वागवानी विज्ञान)ले सो क्षेत्रका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि अवसर प्राप्त हुने बनाउनुभयो ।

